Saturday 30 March 2013

लाइक र प्रतिक्रिया


मेरो संसार ब्लग र अनलाइन खबरमा प्रकाशित लाइक र प्रतिक्रिया

दुबईबाट प्रकाशित हुने पत्रिका  गल्फ न्युज संगसंगै यसलाई नेपाली अनलाइन मेरो संसार ब्लगअनलाइन खबरमा प्रकाशित  गरेको लेख "लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल" यो लेखलाई हिजो देखि पढ्दै छु विभिन्न अनलाइन पत्रपत्रिकाले साभार गरि सकेको छ,  यसमा लेख भन्दा पनि लाइकको  संख्या र प्रतिक्रियाहरु धेरै नै बढेको छ मलाई त यी नेपाली चेलीलाई बिचारा भन्नु भन्दा प्रतिक्रिया लेख्नेलाईहरु लाई बिचारा भन्न मन लाग्यो उहा हरुको सोच अनुरुप नै सयाद लाइक र प्रतिक्रिया ठोक्नु भएको होला मायाले न जात भन्छ न, न कानून अनि सहमति मै उनि हरु को सम्बन्ध बढेको छ खै यसलाई कसरि अनैतिक भन्ने के उनि मात्र एक्ली नारी हुन् ? जो पहिलो बिदेशी पुरुष संग बिदेशमा गएर प्रेम गर्ने ? अनि यौन सम्बन्ध राख्ने ? कसरी टिपणी गर्न सकेको “चालु केटी, नेपाली थिएनन् , नेपाली आइमाई हरुले नाकै काटे बेइजति हरु जो सग पनि सुत्न तयार, पहिला देखिको बानी होला” आदि इत्यादी यस लेखमा त एकजना संगमात्र सम्बन्ध स्थापित गरेको देखिन्छ कसरी चालु भन्ने, नेपाली संग गर्दा चै अनैतिक नहुने पाकिस्तानी गर्दा चै ब्याजत हुने खै मित्रहरु तपाईहरुको प्रतिक्रिया हैन यो तपाईहरुको दिमाग भित्रको खराब उपज हो हामी नेपाली आज आएर मानब अधिकार र २१ औ सताब्दीको खोक्रो नारा लगाउछौ तर हाम्रो सोच कति तल्लो स्तरको छ अझै हामीले अन्धबिस्वासको कालो चस्मा लागे रहेको छौ समय परिवर्तन भए पनि हामीमा कुनै  परिवर्तन आएन एउटा नारीले गर्दा बेइजति हुने तर पुरुषले गर्दा पुरुषार्थ ?

0 comments:

Post a Comment