Monday 11 February 2013

मेरो कलम, मेरो आवज

खै के लेखौ, के नलेखौ हाम्रो देशको स्थिती झै मेरो दिमागमा पनि उथलपुथल भै रहेको छ । कसरी सुरुवात गरौ, मेरो ब्लग.. जस्को मैले रुपरेखा नै कोरेको छैन । यस्को कुनै सिमारेखा र कुनै गणितीय सुत्र हुँदैन रहेछ, त्यसैले यस ब्लगलाई म पनि कसैको बिचारमा बग्ने साधन न भै, म त यसलाई जस्ताको त्यस्तै सबैले देख्ने आँखाको नानी बनाउन चाहन्छु । जे देख छु त्यही मेरो कलम भित्र लेख्ने र मेरो क्यामेरामा कैद गर्ने छु । म कुनै लेखक, पत्रकार र फोटो पत्रकार पेसेवर हैन, गीतामाथी हात राखेर कसम खानु पर्ने छैन किन कि मैले यहाँ कुनै अपराधीलाई न्यायको कठघारामा उभाएर निर्दोष सबित गर्नु छैन, त्यसैले म अनी मेरो ब्लग स्वतन्त्र छ् ।

मेरो लेखनशैलीहरुमा कमी, कमजोडीहरु पाउनुहोला, त्यसलाई औलाई सही दिशा प्रदान गर्नु होला, म तपाईंहरुको आभारी हुनेछु अनी तपाईंहरुको साथले र मेरो ब्लगले सही दिशा पाउने छ ।

2 comments:

  1. सुरु गर्नुस् । बल्ग लेख्ने नै तपाई हामी जस्तैले नै हो । पत्रकार पत्रिकामा र साहित्यकार साहित्यमा रमुन ... । अनि ब्लगका पाठक पनि पत्रिकाको जस्तो समाचार वा साहित्यको लागि ब्लगमा छिर्दैनन् । यहाँ नितान्त खुल्ला विचारका लागि पाठक आउँछन र तपाई यसमा पूर्ण रूपले खुल्न सक्नुहोस ! । नयाँ ब्लगको सुरुवातको लागि शुभकामना ।

    Happy Blogging

    ReplyDelete
    Replies
    1. दिलिपजी,
      नमस्कार । बधाईको लागि धेरै धन्यवाद अनी तपाईंको ब्लग हामी जस्तो सिकारुको लागि एउटा मार्ग्दर्शन हो ।

      Delete