Wednesday 13 February 2013

मेरो ब्लग यात्रा

मैले ब्लग बनाउन २०६४ को मध्यबाट सुरुवात गरेको हो तर म प्रतेक दिन ब्लग सभार गर्न तल्लिन हुन्छु प्रतेक दिन ३ देखी ४ घण्टा ब्लग मै बिताउछु, Weebly,Wordpress हुँदै म अहिले Blogspot मा आइ पुगेको छु । Weebly र Wordpress मैले छोड्नुको कारण त्यसको रुपरेखा सँग खेल्न सकिन तर Blogspot मा मैले सोचिको जस्तो परिवर्तन गर्ने धेरै कुरा दिलिप्स ब्लगबाट सिके त्यस पस्चात त गूगलमा ब्लग टिप्स खोज्न थाले अनी प्रयोग गर्न थाले, यसो गर्दै मैले धेरै ब्लगहरु बनाए बिगारे अरुले कस्तो बनाएको छ त्यस्तै बनाउने कोशीस गर्थे कहिले काही सोच्छु कस्तो नशा ? यो ब्लगको.... १२ घन्टे जागिर खाएर पनि ब्लग नचलाई चित्तै बुझ्दैन । साथीहरुले कति घन्टा डिउटी हो भनेर सोधछन म हाँस्दै भन्छु दिन कम्पनीको रात मेरो

तर जती धेरै ब्लग बनाए पनि मेरो आफ्नो कुरा हुँदैन थियो, सबै अन्लाईनहरु बाट सभार गरिएको हुन्थियो अनी ब्लगमा धेरै आगन्तुक सन्ख्य बढाउने अभिप्रय हुन्थियो, एकै पल्ट पाच जाना आगन्तुक देख्दा मेरो मन खुशीले गमक्क फुल्यो । यो मेरो लागि बाँदरलाई लिस्नु भयो । एउटा ब्लग चलचित्र सम्बन्धी बनाएको थिए जस्मा दैनिक १६०० को हाराहरीमा आगन्तुक हुन्थे त्यो पनि Copy Right ले गर्दा बन्द भयो । तर खै त मेरो कलमबाट निस्केको अवाज अनी मेरो भावना ति ब्लगहरुमा ? ब्लगहरुको अध्यान गर्दै लाग्दा त ब्लगहरु त त्यस्तो पो हुदो रहेछ जस्ले आफ्नो ब्लगमा आफ्नो बिचार, दैनिकी अनी जे देख्यो त्यो लेख्नु लाई ब्लग भनिदो रहेछ ।

यो पनि मेरो पाच वर्षे ब्लगगिङ गर्दा जस्ताको त्यस्तै  एउटा कपी गरेको नमुना रोमन 2 युनिकोड

Happy Blog... 

0 comments:

Post a Comment