Sunday 28 April 2013

हाम्रो मुलुकमा के भै रहेको छ ? एक झलक


१० वर्षीया बालिका बलत्कृतसगरमाथा आरोही विदेशी नागरिक कुटिए, हाकिमकी पत्नी हुँ भन्दै प्रहरीलाई थर्काएपछि..., यसरी दिइयो मृतकलाई लाइसेन्स, सञ्चालक/प्रिन्सिपललाई १ लाखदेखि १५ लाख रुपैयाँसम्म कमिसन, चोरी गर्दागर्दै प्रहरी पक्राउ, गंगुले भक्कानिँदै भने- मेरी छोरी जलाउनेलाई कारबाही गरियोस्, इलाम–पाँचथरको बन्द फिर्ता, तीन वर्षअघि हराएकी छोरी खोज्दै अमेरिकी दम्पत्ति नेपालमा यी माथिका पंक्तिहरु  बजारमा पाइने अपराध कथाको बिषय सूची नभई, नेपाली प्रमुख पत्रपत्रिकाको (आज १५ बैशाख २०७० आईतबार) एकै दिन प्रकाशन भएको दैनिकीको मुख्य समाचारहरुको समाचार हुन् । यो कुनै अपराध कथा हैन, दैनिक प्रकाशन हुने नेपाली पत्रपत्रिकाबाट साभार गरिएको समाचारको शिर्षक हुन् । हाम्रो मुलुकमा भै रहेको एक झलक हुन, दिन प्रतिदिन घट्ने र श्रृखलाबद्ध हुने घटनाक्रम हुन् । यो एउटा जनसरोकारको बिषय हो तर यहा तै चुप मै चुप कति दिन ? हाम्रो आवाज अहिले सम्म एक भएको छैन किन ? 

0 comments:

Post a Comment