
विदेशबाट अपडेट हुने नेपाली अनलाइन वेव पत्रिकाहरुमा प्राय जस्तो राष्टिय समाचारहरुलाई हल्का काटछाट गरि सबै सामग्री पस्कने रोग नै लागेको छ र सिंगो पत्रकारिताथि नै प्रश्नचिन्ह उब्जेको छ । अझ यहा रोचक कुरा त यो छ कि अनलाइनखबर डटकममा प्राय जसो सामग्रीहरु भारतीय अनलाइन पत्रिका भास्कर दैनिक र डेलिमेल यु के बाट अनुबाद गरिएको हुन्छ यसमा प्रकाशित सामग्रीहरु सस्तो किसिमको मात्र हुन्छ अर्धनग्न तस्बिरहरु हेर्नको लागि अश्लिल वेब पेज नै खोल्न पर्दैन । यस्तो तस्बिर भएको पेजको अन्तमा लेखिएको हुन्छ "फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ । -सम्पादक " अर्को यसको विशेषता हो तपाईले अनलाइनखबर डटकममा प्रकाशित लेखको बारेमा खण्डन र असहमति जनाउनु भयो भने तपाईको प्रतिक्रिया पोष्ट हुदैन यदि भै हाले पनि त्यसलाई डिलेट गरिन्छ ।
कतै तपाईसंग पनि यस्तै अनुभव त भएको छैन ?
"आफनो टाउको हाति पनि नदेखने अरुको जुम्रा पनि देख्ने" नेपाली उखान यहाँ चरितार्थ भएको छ ।
अपडेट मिती ०३ मे २०१३
उदहारणको लागि यी तलको पोस्टमा हेर्नुहोस्
मेल अनलाइन - पोस्ट मिती ०२ मे २०१३
अनलाइनखबर डटकम - पोस्ट मिती ०३ मे २०१३
0 comments:
Post a Comment