Thursday 30 May 2013

मानव तस्करीमा अमेरिकी कम्पनी संलग्न, मनगड्न्ते लेख

दुई दिनअघि मात्र माई संसारमा,  प्रकाशित लेख  "‘डन’ लाई पक्रने आँट कसको ?"  समाचार यस्तो थियो केही दिनअघि स्रोत नखुलेको सम्पति राखेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएका पाँच जना ‘डन’ मध्येका एक डन गणेश लामा पक्राउ परेको बारे टेलिभिजनमा समेत यसरी समाचार आयो-

टेलिभिजनमात्र हैन, विभिन्न एफएम र अनलाइनहरुले पनि वास्तविकता केही नबुझी हावा तालमा यो समाचार दिए। पछि पो भयो, समाचार त झुटो रहेछ।

पून : आधारहीन लेख आजको कारोबार दैनिकअनलाइनमा प्रकाशित "मानव तस्करीमा अमेरिकी कम्पनी संलग्न" पत्रकार कमला थापाले मनगड्न्ते लेख, लेख्नु भएको छ । यो समाचार अहिले प्राथमिकताको साथ सामाजिक संजाल देखि अन्य अनलाईन खबरहरुमा डेरा सरेको छन् यो लेख यसरी आधारहीन देखिन्छ तल दिएको बुदाहरु हेर्नुहोस ।

वैदेशिक रोजगारीका लागि जान रोक लगाइएका इराक र अफगानिस्तानजस्ता मुलुकमा नेपाली कामदार पुर्याउन अमेरिकी निजी कम्पनीहरुको संलग्नता न रही नेपाली दल बहादुरहरु नै सक्रिय रहेका छन् र नेपालीलाई अमेरिकी कम्पनीका स्थानीय एजेन्टले सेटिङ मिलाएर हैन बिमान स्थल कै कर्मचारीहरुको मिलिमतोमा स्थानीय एजेन्टहरुले कम्तिमा ३५०० देखि १५०००० लिएर पठाउने गर्दछन यसको लागि इराक र अफगानिस्तानमा काम गर्ने कामदारले आनाकानी गर्दैन किन कि पैसाको लागि यिनीहरुले जेलको हावा पनि खुवाछ्न र समयमा आउन सकेन भने आफ्नो जागिर पनि चिप्लिने डर त्यसैले बाध्यतावस नगद नारायण बुझायो हिड्यो उजुरबाजुर गरौ कहा कर्मचारी देखि पुलिस सम्म साठगाठ दुधको साची बिरालो भने झैँ फर्कौ टिकट रद हुने फेरि टिकट किन्न र झमेलामा फस्नु भन्दा त यिनीहरुको मुख बुचो लाउने बेश .... ।

अनि सुरक्षा तथा बिमाको कुनै ग्यारेन्टी पनि नहुने गरेको कुरा छ यसमा पनि सत्यता छैन सबै कामदारसंग करारनामामा  बिमा लगायत सबै सुबिधा उल्लेख गरिएको हुन्छ  अन्य मुलुकमा झैँ आफ्नो पासपोर्ट रोजगार  कम्पनीलाई बुझाउनु पर्दैन र सुरक्षाको हिसाबले खाडी र मलेसियामा झैँ कामदारहरु असुरक्षित छैन् यदि तपाई बिरामी हुनुहुन्छ काम गर्न सक्ने स्थितिमा हुनुहुन्न यहा देखि तपाईको देश सम्म एम्बुलेन्स बिमान, डक्टर र नर्सहरु हाजिर हुन्छन ।

उदाहारण १
अमेरिकी सैनिक क्याम्पलाई कामदार दिलाउने ठेक्का पाएका ग्रेग्फोन, एरोटेक, डीएफएस नाम गरेका कम्पनीले यस्तो जिम्मा लिएका न भै यी सबै एअरलाइन्सको नाम हुन् जसले अफगानिस्तान दैनिक उडान सेवा प्रदान गर्छन ।

उदाहारण २
तीन कम्पनीले नेपालीहरुलाई दुबईको ग्रान्ड, मरिन, लेदरनेकलगायतका होटलमा केही दिन राख्छन भनिएको छ तर लेदरनेकहोटल नभएर अफगानिस्तानको हेल्मन्ड प्रान्तमा रहेको एउटा क्याम्पको नाम हो ।

उदाहारण ३ 
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार अफगानिस्तानको हेल्मन्ड क्याम्पमा मात्रै ३० देखि ४० हजार नेपाली कामदार रहेको अनुमान छ तर यहाँ १५ सय देखि १८ सय जति नेपाली कामदार रहेका छन् ।

कारोबार दैनिकअनलाइनको कपि साभार 



समाचार लिंक ३

 कारोबार दैनिकअनलाइनमा प्रकाशित "मानव तस्करीमा अमेरिकी कम्पनी संलग्न" पत्रकार कमला थापाले मनगड्न्ते लेखमा प्रतिक्रिया लेख्ने ठाउँ नभएर  अफगानिस्तानमा रोजगार गरिरहनु भएको दाजुभाईले अनलाइन खबरमा आफ्नो प्रतिक्रिया दिनु भएको छ तपाईलाई कस्तो लग्यो ? अब तपाइको प्रतिक्रिया ? 

0 comments:

Post a Comment