Tuesday 30 April 2013

अनि उनको भक्कानो फुट्यो र उनी रोइन्...


"म पहाडको मान्छे। कम्युटर सिक्न भनेर काडमाडौं आएको थिएं। दुख पाएका बालबालिकाहरु देखेर मन थाम्न सकिन र मैले अनाथ बालबालिकाहरु हेर्न थालें। अहिले ३२ जना बालबालिका छन्। यो चाहिं सबभन्दा सानी छोरी हो (काखमा बसेकी)। यो मेरो एउटा छोरा हो। उसलाई मैले विष्णुमतिको पुल मुनिबाट लेराएको (काखमा बसेकीसंगै बसेको)। तर यो सबै चलाउन असाध्यै गार्हो छ। तपाईंहरू आइदिएर आज म असाध्यै खुशी छु। मेरो जीवनमा अरू कुनै लक्ष छैन। अन्तिम सास रहेसम्म यस्तै असाहाय बालबालिका र अशक्त बृद्धबृद्धालाई हेरेर बस्न पाएंभने म खुशी हुनेछ।"

त्यसपछि उनको भक्कानो फूट्यो र उनको गला अबरूद्ध भयो।

दीक्षा चापागाईं (Ph: 9851060086)ले एउटा विद्यालयले सित्तैंमा प्रयोग गर्न दिएको भवनमा संचालन गरेको पवित्र सेवा समाजमा हिजो जांदा उनले झ्याल-ढोका नभएको भान्छा र लुगा राख्ने दराजहरु नभएका कोठाहरू देखाउंदा दिक्क लाग्यो।

मैले उनलाई आवश्यक सामाग्रीहरूको सूची बनाएर तुरुन्तै हेल्प नेपाल नेटवर्कको कार्यालयमा बुझाउन भनें। तर लाग्यो, यति राम्रो काम गर्ने नेपालीहरुलाई सधैं कोषको संकट किन परिरहन्छ? के त्यस्ता राम्रा मानिसहरूलाई सहयोग गर्न सक्ने नेपालीहरू पर्याप्त संख्यामा छैनन् र?

छन्, तर धेरै चाहिं छैनन् किनभने हामीले समाजमा सक्नेले नसक्नेलाई गर्नुपर्छ भन्ने 'ब्यबहारिक परोपकार'को भावलाई पर्याप्तरूपमा प्रवर्धन गर्न सकेका छैनौं।

त्यस्तो भावना प्रवर्धन गर्नमा इजरेलमा बस्ने नबराज आचार्य जस्ता नेपालीको ठूलो हात हुन्छ। उनैले हिजो अश्वीनी कोइरालाले लेखेको 'उनी' पुस्तक इजरेलमा विक्री गरेर त्यसबाट संकलित रू १ लाख ४० हजार चापागाईंको राम्रो कामका लागि सहयोग गर्न पठाएका थिए। आचार्यले त्यस्ता अरू धेरै काम गरेका छन्।

चापागाईं र आचार्यजस्ता नेपालीहरू सधैं हाम्रो प्रेरणाको स्रोत रहिरहने छन्।

दिक्षा चापागाईंलाई सहयोग गर्न ९८५१०६००८६ मा फोन गर्न सक्नुहुनेछ।
  (रबिन्द्र मिश्रको फेसबुकबाट साभार)

1 comments:

  1. Hello brother, i just look up your youtubemovies website.Its amazing template,I am wondering if you can tell me how i can download same wordpress template,Please big help.I am having swiss teledramas website.but have to change the theme.

    visionvip7@gmail.com

    this is my mail.

    thank you

    ReplyDelete